Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

रोल्पा  – सभामुख ओनसरी घर्तीले मतदान गर्नुभएको छ । सभामुख घर्तीले रोल्पा नगरपालिका वडा नम्बर ७ को बालउद्य मावि जंगकोटबाट बुधबार बिहान मतदान गर्नुभएको हो ।

यस्तै माओवादी नेता तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले रोल्पा नगरपालिका–१ को तारा मावि बामरुकमा केहीबेरमा मतदान गर्दैहुनुहुन्छ । मतदान गरेपछि सभामुख घर्ती र महराले लिवाङमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको छ ।

यस्तै उपराष्ट्रपति नन्दबहादुर पुन मतदान गर्न रोल्पा नजानुुहुने भएको छ । मंगलबार बेलुकासम्म उहाँ रोल्पा आउने भनिएपनि बुधबार बिहानै उहाँ नआउने खबर आएको हो । उपराष्ट्रपति पुनले दुइखोली गाउँपालिका वडा नंबर २ को जनसेवा मावि राङसीपोखरा मतदान केन्द्रमा मतदान गर्ने कार्यक्रम थियो ।

तपाईको प्रतिक्रिया