Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
नुवाकोट- नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले राज्य पुनःसंरचना गर्दा राष्ट्रिय एकता र जातीय सद्‍भावनालाई खल्बल्याउन नहुने बताएका छन्। केसीले एकछिनको नारा जुलुस हेरेर राष्ट्रको भविष्यमाथि कसैले पनि खेलबाड गर्न नहुने बताए।
नुवाकोटको विदुरमा आइतबार नेपाल प्रेस युनियनले गरेको पत्रकार भेटघाटमा नेता केसीले भने- सडकमा दुई चार दिन नारा जुलुस भयो भन्दैमा राष्ट्रियता नै दाउमा राखेर राज्य पुनःसंरचना गर्नुहुन्न, नेपाली कांग्रेसले वर्तमानका लागि नभई सुदूर नेपालको भविष्य हेरेर निर्णय गर्नेछ।
नेता केसीले संविधानमा बाहुन, क्षेत्री, गिरी, पुरी, दशनामी, संन्यासी आदि जातिलाई अन्य भनेर पाखा लगाउन नहुने बताए। उनले सबै जातिको जनसङ्ख्याको आधारमा समानुपातिक सहभागिता हुनुपर्नेमा जोड दिए।
नेपालको आर्थिक र पर्यावरणीय पक्षलाई ध्यानमा राखेर सात प्रदेशको खाका सार्वजनिक गरेकाले कङ्ग्रेसको प्रस्ताव वैज्ञानिक भएको उनको दाबी थियो। नेता केसीले भने- प्रदेशै प्रदेश निर्माण गरेर राष्ट्रिय अर्थतन्त्रले धान्न नसक्ने प्रदेश बनाउन हुन्छ रु प्रदेशको नाम र सीमाबारे विवाद भएको खण्डमा स्थानीयलाई निर्णय गर्ने अधिकार दिँदा उपयुक्त हुने उनले बताए।
तपाईको प्रतिक्रिया