Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
सिङ्गापुर- सिङ्गापुरमा उमेर नपुगेकी एक बालिकासँग यौनसम्पर्क गरेको आरोप व्यापारी, कर्मचारी तथा सुरक्षा निकायका अधिकारीहरूमाथि लागेपछि यो मुलुकको राजनीतिक तथा आर्थिक घरानामा हलचल देखिएको छ।
 सिङ्गापुरमा वेश्यावृत्ति कानुनी मानिन्छ तर करिब २० देखि ५० वर्षसम्मका करिब ४८ व्यक्तिमाथि सन् २००८ मा लागु भएको १८ वर्षभन्दा कम उमेरका बालिकासँग यौनसम्पर्क गर्नु अपराध हुने कानुन अनुसार यो आरोप लगाइएको हो।
सिङ्गापुरलाई परम्परागत मुलुकको रूपमा लिइए पनि यहाँ बेलायती सम्राज्यको समयमा प्रमुख बन्दरगाह हुँदा देखिनै यौन उद्योग नाफामूलक व्यवसाय बनेको छ।
सिङ्गापुरले यौन उद्योगलाई बन्द गर्नुभन्दा यसलाई कडा नियम बनाइ नियमित गर्ने प्रयास गरेको छ। यसबीच शुक्रबार प्राथमिक विद्यालयको एक प्रधानाध्यापकले आफूले उमेर नपुगेका बालिकालाई यौन व्यवसायमा लगाएको स्वीकार गरेपछि निजलाई नौ साताको काराबासको सजायँ तोकिएको थियो।
यसरी सजायँ पाउने व्यक्तिमा सिङ्गापुरमा युबीएस बैङ्कमा काम गर्ने स्विस नागरिक पनि परेको बताइएको छ। यस्तै अपराधमा सिनेमा तथा सम्पत्ति सम्बन्धी व्यवसाय श अर्गनाइजेसनका मालिक रुन्मे शका नाति होवार्ड श पनि परेका छन्।
सिङ्गापुरको अदालतले १७ वर्षीया यी बालिकाको नाम भने दिएको छैन। प्रतिरक्षाका कानुनव्यवसायीहरूले यी बालिकालाई वेश्याको सङ्ज्ञा दिएका छन् भने युएन ओमनका लागि सिङ्गापुरको समितिले १८ वर्ष भन्दा कम उमेरका बालिकालाई पैसा दिई यौनसम्पर्क गर्ने व्यक्तिमाथि कारवाही भएको यो पहिलो पटक भएको उल्लेख गरेका छ।
सिङ्गापुरमा वेश्यालय गेल्याङमा खुला रूपमा सञ्चालन हुन्छ भने आफूलाई वेश्या भनाउने व्यक्तिले नियमित रूपमा स्वास्थ्य परीक्षण गराउनुपर्छ।
तपाईको प्रतिक्रिया