Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – इङ्ल्याण्डमा जारी च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा आज चिरपरिचित प्रतिद्वन्द्वीहरु भारत र पाकिस्तान भिड्दै छन् ।सेमिफाइनलमा आयोजक इङ्ल्याण्डलाई पराजित गर्दै पाकिस्तान तथा बंगलादेशलाई हराउँदै भारत फाइनलमा पुगेको हो ।

प्रतियोगिताको एउटै समूहमा रहेका दुई टिम फाइनलमा भिड्न लागेका हुन् । समूह चरणमा भारतले पाकिस्तानलाई १ सय २४ रनको फराकिलो अन्तरमा हराएको थियो ।

त्यसपछि भने पाकिस्तानले निकै सुधारिएको प्रदर्शन गरिरहेको छ । दुबै टोलीले एक–एक खेल हारेका छन् भने तीनरतीन वटा खेल जितेका छन् । भारतसँग हारेको पाकिस्तानले श्रीलंका, दक्षिण अफ्रिका र इङ्ल्यान्डलाई हराउँदै फाइनलको यात्रा तय गरेको हो ।

उता भारतले पनि पाकिस्तान, दक्षिण अफ्रिका र बंगलादेशलाई हराउँदा श्रीलंकासँग पराजित भएको थियो । एक दिवसीय र ट्वेन्टी–ट्वेन्टी विश्वकपको तथ्यांक हेर्ने हो भने पाकिस्तानमाथि भारत हावी हुँदै आएको छ ।

तर समग्र एक दिवसिय क्रिकेट खेलमा भने पाकिस्तानको रेकर्ड राम्रो छ । च्याम्पियन्स ट्रफीको आठौं संस्करणको फाइनलमा आज भिड्दा साविक विजेता भारत तेस्रो पटक उपाधि जित्ने अभियानमा छ भने पाकिस्तान पहिलो उपाधिको खोजीमा रहेको छ ।

तपाईको प्रतिक्रिया