Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
दुबई (युएई)- नयाँ बर्ष २०६९ को पूर्वसन्ध्याको अवसरमा भएको एक सांगीतिक कार्यक्रममा भाग लिन दुबईमा आएकी पूजना प्रधान (स्त्री) को दुबईको रंगीविरंगी मनोरम पार्क र विश्वको अग्लो बुर्ज खलिफा टावरलाई समेट्दै विगत केही दिनदेखि आशिष पुरुषका साथ एउटा रिमिक्स म्युजिक भिडियोको सुटिङमा व्यस्त देखिन्छिन् ।

व्यस्तताको बावजुद पनि आफैले नायिकाको भूमिका खेलेको पारिवारिक चलचित्र “श्रीमान” को २६ अपि्रल बिहीबारका दिन दुबईको एभरेष्ट होटलमा प्रदर्शन गरेको छ ।

कल्याण घिमिरेद्वारा निर्मित पारिवारिक चलचित्र “श्रीमान” को निर्देशक नवल नेपाल रहेको छ भने संगीत महेश खड्काले दिएको छ । नायकको भूमिकामा पुष्पराज पुरुष र कल्याण घिमिरेे रहेको चलचित्रको मुख्य नायिका पूजना प्रधान -स्त्री) रहेकी छिन् । साथमा निर शाह र सुनिल थापा पनि रहेको छ । नेपालमा निकै चर्चित हुनुका साथै पब्लिक च्वाइस अवार्ड जित्न समेत सफल भएको थियो ।
सो अवसरमा नेपालबाट आउनु भएका नायक तथा निर्माता नवल खड्का पनि उपस्थित रहनु भएको थियो । दर्शकको रुपमा प्रायजसो कार्यक्रमहरुमा देखिने उच्च लेवलका व्यक्तिहरु मात्र देखिएका थिए । सधै टेलिभिजन र भिडियोमा मात्र नेपाली चलचित्र हेर्न बानी बसेका युएईका दर्शकहरुले ठूलो पर्दामा प्रत्यक्ष हेर्न पाउँदा निकै फरक मैसुश गरेका थिए । दुबईको सिनेमा हलमा देखाउनका लागि युएईका कानुन र प्रक्रिया पुर्‍याउन परेको हुनाले होटलको सभाहलमा देखाउन व्यावस्था गरिएको थियो ।
जय लामाद्धारा निर्देशित दुबईको सेरोफेरोमा छायाकंन गरिएको नेपालीहरुको आधारमा बनेको “भरोसा” लघु फिल्म पनि सोही अवसरमा देखाइएको थियो । ड्यूटीको बावजुद पनि आफ्नो लगानी र प्रयासमा बनाएको लघु फिल्म निकै रोचक लागेको थियो ।
तपाईको प्रतिक्रिया