Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
कैलाली- कैलालीको जानकीनगर–९, खार्गौलीका नन्दबहादुर विकले आफ्नै नाबालीक छोरीलाई बलात्कार गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको छ ।
छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले विकलाई पक्राउ गरी आवश्यक कारवाहीको प्रक्रिया अघि बढाएको छ । ४७ वर्षीय विकले गत सोमबार मदिरा सेवन गरेर १४ वर्षीया नाबालीक छोरीलाई बलात्कार गरेका हुन् ।
छोरीलाई बलात्कार गरेर डरले घरबाट भागेका विकलाई शुक्रबार साँझ ईलाका प्रहरी कार्यालय टीकापुरका निरीक्षक प्रेमबहादुर शाहीको नेतृत्वमा खट्टिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
घरमा रहेका छोरा र बुहारीले छोरीलाई मदिरा सेवन गरेर बलात्कार गरेको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले पीडित बालिकालाई प्रत्यक्ष भेटेर घटनाबारे सोधपुछ गरेको छ । सोधपुछ पछि बालिकाको बयानका आधारमा विकलाई पक्राउ गरेको प्रहरी भनाई छ ।
हिरासतमा रहेका विकले पनि आफूले मदिराको नसामा छोरीलाई बलात्कार गरेको स्वीकार गरेका छन्।
विकका तीन छोरा र तीन छोरी छन् । विककी पत्नी छोरा भेट्न भारत गएकी छन् ।
तपाईको प्रतिक्रिया