Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं- शिक्षा मन्त्री दीननाथ शर्माले भोली १७ गते देखि सुरु हुने कक्षा ११ र १२ को परीक्षालाई उच्च माविका शिक्षकहरुले अवरोध गरे त्यस्ता शिक्षकलाई बर्खास्त गर्ने  चेतावनी दिएका छन् ।
मन्त्री शर्माले जहाँसम्म हाम्रा शिक्षकहरुले गैरजिम्मेवारपूर्वक आफूले पढाएका विद्यार्थीहरुलाई फूटबल हान्ने काम गर्ने छैनन् यदी शिक्षामा स्वार्थ गाँसेर अवरोध गरिन्छ भने भोली त्यस्ता शिक्षक शिक्षक नै नरहने चेतावनी दिएका हुन् ।
शनिबार रिपोर्टर्स क्लवको साक्षात्कारमा मन्त्री शर्माले भने- उच्च माविका शिक्षकहरुले किन, केका लागि परीक्षा अवरोध गर्ने मलाई जानकारी छैन, भोलीदेखि हुने ११ र १२ को परीक्षामा अवरोध पुर्‍याउने हल्ला सुनेको छु, तर पनि परीक्षा रोकिँदैन, मैले जिल्ला प्रशासन, जिल्ला शिक्षा अधिकारी र सुरक्षा निकायलाई परीक्षा सञ्चालन गर्न निर्देशन दिईसकेको छु, परीक्षा रोकिँदैन ।
जिल्ला-जिल्लामा पाठ्य पुस्तक नपुगेको गुनासो आएको छ नि भन्ने पत्रकारको जिज्ञाशामा मन्त्री शर्माले भने- पाठ्या पुस्तक पुगेका छन्, यदी कुनै ठाउँमा पुगेका छैनन भने अबको २४ घण्टामा पाठ्य पुस्तक पुग्छन् ।
मन्त्री शर्माले पहिचान र सामथ्र्यको आधारमा राज्य पुनर्संरचना गर्ने सबै दलका नेताहरुले बचन दिएकाले त्यसैको आधारमा उभिएर जेठ १४ भित्रै संविधान जारी हुने ठोकुवा गरे ।
कति प्रदेश बनाउने भन्ने दलका नेताहरुले निर्धारण गर्ने होईन, समितिले १० प्रदेश भनेको छ, त्यही अनुसार हुनुपर्ने मन्त्री शर्माको दावी थियो ।
मन्त्री शर्माले भने- सरकार परिवर्तन गर्ने कुरा बेमौसमी बाजा मात्र हो, डा. बाबुराम भट्टराईको नेतृत्वको सरकारसँगै सबै दलहरुको सहमति हुन्छ, राज्यपुनर्संचना पनि हुन्छ र जेठ १४ भित्रै संविधान जारी हुन्छ ।
तपाईको प्रतिक्रिया