Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
ताप्लेजुङ- माओवादी जिल्ला संगठन समिती ताप्लेजुङले आˆनै पार्टीका सभासद विरुद्ध अख्तियारमा उजुरी हाल्ने तयारी गरेको छ ।
माओवादी जिल्ला संगठन समिती ताप्लेजुङले एक प्रेस विज्ञप्ती जारी गरी सभासद सञ्चपाल मादेन विरुद्ध उजुरी हाल्ने तयारी भएको कुरा सार्वजनिक गरेको हो । जिल्ला समितीका इन्चार्ज सुमन र सचिव परागद्धारा संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तीमा विभिन्न वहानामा मादेनले १२ लाख रुपैंया भ्रष्टाचार गरेकोले उनको चल अचल सम्पती छानविनका लागि अख्तियारमा उजुरी दिने तयारी भएको कुरा उल्लेख गरिएको छ ।
मादेनकी छोरी जन्मजातै अपाङग भए पनि द्धन्द्धको कारण अपाङग भएको भनी किर्ते कागज वनाएर ठगी गरेको भन्दै स्थानिय शान्ती समितीलाई विपक्षी वनाएर उजुरी हाल्ने पनि विज्ञप्तीमा उल्लेख गरिएको छ । विज्ञप्तीमा सभासद मादेनले सरकारले निर्वाचन क्षेत्र विकासका लागि उपलव्ध गराएको १० लाख रुपैंया समेत विकास निर्माणमा खर्च नगरी दुरुपयोग गरेको समेत आरोप लगाइएको छ ।
तर सभासद मादेनले भने आफु विरुद्ध लगाइएका यि सवै आरोपहरु झुटा भएको भन्दै प्रमाण पुर्‍याउनै नसक्ने यस्ता झुटा आरोपले आफ्नो राजनीतिक जीवनमा कुनै असर नपार्ने वताएका छन् ।
तपाईको प्रतिक्रिया