Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं–नेकपा एमालेका केन्द्रीय सदस्यहरुले माओवादीको १० प्रदेशको प्रस्ताव स्वीकार्न नसकिने धारणा राखेका छन् । पार्टी कार्यालय बल्खुमा चलिरहेको केन्द्रीय कमिटीको बैठकमा बोल्ने अधिकांश सदस्यले बढिमा ७ प्रदेशमात्र बनाउनुपर्नेमा जोड दिएका छन् ।
माओवादी दश प्रदेशको प्रस्ताव राखेपछि आकस्मिक रुपमा बोलाईएको केन्द्रीय समितिको बैठकमा ठूला नेताहरुले सात प्रदेशभन्दा बढी संख्यामा सहमति गर्न नसकिने बताएका हुन् ।
राज्य पुनर्संरचनाको सम्बन्धमा सुझाव लिनका लागि बोलाइएको बैठकमा झलनाथ खनाल, माधव नेपाल, केपी ओलीलगायतका नेताहरुले मात्र बोलेका थिए । संविधानसभा भवनमा मधेसी मोर्चा लगायत माओवादी, काँग्रेस र एमालेबीच बैठक हुने भन्दै नेताहरुले बोलेपछि शुक्रकार एमालेले बैठक स्थगित गरेको हो ।
तपाईको प्रतिक्रिया