Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं  – च्याम्पियन्स ट्रफी क्रिकेट अन्तर्गत सोमबार राति भएको बंगलादेश र अस्ट्रेलियाबिचको खेल वर्षाले प्रभावित भएको छ । लक्ष्य पछ्याउँदै अस्ट्रेलियाले ब्याटिङ गर्ने क्रममा पानी परेपछि खेल बिना निष्कर्ष टुंगिएको छ ।

ओभलमा पहिले ब्याटिङ गरेको बंगलादेशले ४४ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर १८२ रन बनाएनायो । उसका लागि तमिम इकबालले ९५, शाकिब अल हसनले २९ तथा महेदी हसन मिर्जाले १४ रन बनाए ।

अस्ट्रेलियाका मिचेल मिचेल स्टार्कले चार तथा एडम जाम्पाले दुई विकेट लिए । त्यसपछि १८३ रनको लक्ष्य पछ्याउँदै अस्ट्रेलियाले ब्याटिङ सुरु गर्‍यो ।

१६ ओभरमा एक विकेटको क्षतिमा ८३ रन बनाएको अवस्थामा पानी परेपछि खेल प्रभावित भयो । अस्ट्रेलियाले जितका लागि ३४ ओभर तथा ९ विकोटमा एक सय रन बनाउन बाँकी रहेको थियो ।

तर लगातारको वर्षाका कारण खेल बिना निष्कर्ष टुंगियो र अस्ट्रेलिया अंक बाँड्न बाध्य भयो । समूह ‘ए’ मा रहेको अस्ट्रेलिया पहिलो खेलमा पनि अंक बाँड्न बाध्य भएको थियो ।

वर्षाका कारण अस्ट्रेलियाले दुई अंक जोड्न मौका गुमायो भने एक अंक पाएको बंगलादेशको च्याम्पियन्स ट्रफीको सपना जीवित रह्यो ।

दुई खेलबाट दुई अंक जोडेको अस्ट्रेलिया समूहको दोस्रो तथा दुई खेलबाट एक अंक जोडेको बंगलादेश तेस्रो स्थानमा छ । विजयी सुरुवात गरेको इंग्ल्याण्ड शीर्ष स्थानमा छ । प्रतियोगिता अन्तर्गत मंगलबार कार्डिफमा इंग्ल्याण्ड र न्युजिल्याण्डबिच खेल हुनेछ ।

तपाईको प्रतिक्रिया