Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं  – च्याम्पियन्स ट्रफी क्रिकेट अन्तर्गत आइतबार राति भएको खेलमा भारतले पाकिस्तानलाई १ सय २४ रनले हराएको छ । बेलायतको बर्मिंघममा भएको खेलमा भारतले पाकिस्तानलाई डकवर्थ लुइस नियमको आधारमा १ सय २४ रनले हराएको हो ।

२ सय ८९ रनको लक्ष्य पाएको पाकिस्तानलाई १ सय ६४ रनमा अलआउट गर्दै भारत विजयी भएको हो । पानी परेपछि ४८ ओभरमा छोट्याइएको खेलमा भारतले ३ विकेट गुमाएर ३ सय १९ रन बनाएपनि पाकिस्तानले डक वर्थ लुइस प्रणाली अनुसार २ सय ८९ रनको लक्ष्य पाएको थियो ।

पाकिस्तानका अजहर अलिले ५० र मोहम्मद हाफिजले ३३ रन बनाएपनि टिमलाई जिताउन सकेनन् । भारतका उमेश यादवले तीन तथा हार्दिक पाण्डेय र रविन्द्र जडेजाले समान दुई दुई विकेट लिए ।

पहिले ब्याटिङ गरेको भारतका लागि रोहित शर्माले ९१, विराट कोहलीले नटआउट ८१, शिखर धवनले ६८ र युवराज सिंहले ५३ रन बनाए ।

कोहलीले ६८ बलमा ६ चोका र तीन छक्काको मद्दतमा नटआउट ८१ रन तथा शर्माले १ सय १९ बलमा सात चौका र दुई छक्काको मद्दतमा ९१ रनको महत्वपूर्ण पारी खेले र टिमलाई जित दिलाए । भारत रहेको समूह बीमा पाकिस्तानसँगै श्रीलंका र दक्षिण अफ्रिका पनि छन् ।

तपाईको प्रतिक्रिया