Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

टोकियो– जापान सरकारले अनलाइन प्रशासनिक सेवाहरु अब सामाजिक संजालका साइटहरुबाट माइनम्बर कार्ड प्रयोग गरी लिन सकिने ब्यवस्था मिलाउने योजना बनाएको आसाहि टेलिभिजनले जनाएको छ । माइनम्बर कार्ड प्रयोग गरी प्रशासनिक सेवा दिनको लागि “माइनापोर्टल” नाम गरेको पोर्टल साइट बनाई सो साइटलाई बिभिन्न सामाजिक संजालसंग जोड्ने योजना बनाएको पनि समाचारमा उल्लेख छ । सो सेवा आउँदो शरद ऋतु देखिनै लागु गरिने योजना रहेको बताईएको छ ।

सरकारी अधिकारीहरुका अनुसार माइनापोर्टललाई विभिन्न सामाजिक संजालहरुसंग जोडी माइनम्बर कार्ड टच गरेपछि निश्चित प्रशासनिक सेवाहरु लिन सकिने बनाउन खोजिएको हो । त्यसको लागी जापानीहरुले बढि प्रयोग गर्ने गरेको सामाजिक संजाल लाइनसंग बार्ता भईरहेको समाचारमा बताईएको छ । भबिष्यमा सो पोर्टल प्रयोग गरी करको भुक्तानी तथा होइकुएनको फारम भर्ने लगायतका विभिन्न सरकारी कामहरु गर्न सकिने छ ।

गतबर्षदेखि लागु गरिएको माईनम्बर कार्डप्रति नागरिकहरुको खासै चासो नबढेको र हालसम्म करिब १० प्रतिशतले मात्र सो कार्ड लिएकोले माईनम्बर कार्ड सकेसम्म बढि लागु गर्ने उदेश्यले यो योजना ल्याईएको अधिकारीहरुको भनाई छ ।

हेर्नुहोस् समुद्रपारि हाइलाइट्स :

तपाईको प्रतिक्रिया