Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – स्पेनिस च्याम्पियन रियल मड्रिड १२ औं पटक युरोपको च्याम्पियन बनेको छ । वेल्सको कार्डिफमा रहेको मेलिनियम रंगशालमा शनिबार राति भएको च्याम्पियन्स लिग फुटबलको

यो सिजनको फाइनलमा इटालियन च्याम्पियन युभेन्टसलाई ४–१ ले हराउँदै लगातार दोस्रो तथा समग्रमा १२ पटक च्याम्पियन बनेको हो ।

च्याम्पियन्स लिगको नामबाट प्रतियोगिता भएदेखि लगातार दोस्रो वर्ष उपाधि जित्ने रियल मड्रिड पहिलो टिम बनेको छ । कार्डिफमा रियललाई जिताउन क्रिष्टियानो रोनाल्डोले महत्वपूर्ण भूमिका खेले ।

उनले २० र ६४ औं मिनेटमा गरी दुई गोल गरे । यस्तै ६१ औं मिनेटमा कासमेइरो र ९० औं मार्को एसेन्सिओले गोल गरे । युभेन्टसका लागि २७ औं मिनेटमा मारियो मान्जुकीले एक गोल फर्काए ।

८४ औं मिनेटमा आन क्वाड्राडो दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि युभेन्टस १० खेलाडीमा सीमित भएको थियो । युभेन्टस यसअघि सन् १९९८ मा फाइनलमा रियलसँग १–० ले पराजित भएको थियो ।

चौथो सिजनमा तेस्रो पटक च्याम्पियन्स लिग च्याम्पियन बनेको रियल मड्रिडका क्रिष्टियानो रोनाल्डोले प्रतियोगितामा समग्रमा एक सय ५ गोल गरेका छन् ।

यो सिजन १३ खेलमा १२ गोल गरेका उनी सिजनका सर्वाधिक गोलकर्ता बनेका छन् । उनले ११ गोल गरेका बार्सिलोनाका लियोनल मेस्सीलाई पछि पारेका हुन् ।

यसैगरी च्याम्पियन्स लिगका तीन फरक फाइनलमा गोल गर्ने एक मात्र खेलाडी पनि रोनाल्डो बनेका छन् । उनले सन् २००८, २०१४ र २०१७ को फाइनलमा गोल गरेका हुन् ।

यस्तै रियल मड्रिडका प्रशिक्षक च्याम्पियन्स लिग एरामा लगातार उपाधि जित्ने पहिलो प्रशिक्षक बनेका छन् । यसअघि सन् १९८९ र १९९० मा एसी मिलानले लगातार उपाधि जितेको थियो ।

तपाईको प्रतिक्रिया