Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

टोकियो – नेपाली कथानक चलचित्र ‘पर्व’ जापानमा पनि प्रदर्शन हुने भएको छ । कुनै एक पर्वमा घटेको घटना र त्यसपछि उत्पन्न भएको घटनाक्रमलाई सस्पेन्स शैलीमा निर्माण गरिएको उक्त चलचित्र सोलमारी गु्रपको आयोजनामा जापानमा प्रदर्शन गर्न लागिएको हो ।

आउँदो जुन ४ तारिख आइतबारका दिन टोकियोको मेगुरो कुमिन सेन्टरमा चलचित्र ‘पर्व’को विशेष प्रदर्शन गर्न लागिएको गु्रपका अध्यक्ष पुस्कर जंग थापाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदर्शनमा निर्देशक दिनेश राउत पनि उपस्थित रहने भएकाले दर्शकहरुले निर्देशकसँगै चलचित्र हेर्न पाउने छन् ।

दिनेश राउतले निर्देशन गर्नु भएको चलचित्रमा नम्रता श्रेष्ठ, कोशिश क्षेत्री, माला लिम्बु, जेबिका कार्कीको मुख्य भूमिका छ । सुवास गिरी र निकिता पौडेल चलचित्रको निर्माता हुन् भने, गोपीकृष्ण मुभिजको निर्माण र सुवास इन्टरटेन्मेन्टको सहकार्यमा चलचित्र निर्माण भएको हो ।

आफ्नो संस्कृती र मौलिकतालाई पुनर्ताजगी गराउनुका साथै जापानमा बसोवास गर्ने नेपालीहरुको मनोरञ्जनका लागि चलचित्र प्रदर्शन गर्न लागिएको सोलमारी गु्रपका अध्यक्ष पुस्कर जंग थापाले बताउनुभयो । उहाँले चलचित्र ‘पर्व’ प्रदर्शनबाट आम्दानी भएको रकम जिग्री-पाँडे प्रतिष्ठान नेपालले दृष्टि विहीन असाहय परिवारका लागि सप्तरीमा निर्माण गर्न लागेको आवास परियोजनाका लागि सहयोग गरिने बताउनु भएको छ ।

तपाईको प्रतिक्रिया