Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

टोकियो – म्यागासेसे पुरस्कार विजेता डा. महाविर पुनको अभियान राष्ट्रिय आविष्कार केन्द्र स्थापनाका लागि सहयोग जुटाउन जापानमा तीन दिवसीय साँगीतिक कार्यक्रम हुने भएको छ ।

आइटी विज्ञ डा. पुनको राष्ट्रिय आविष्कार केन्द्र स्थापना गर्ने अभियानमा सहयोग जुटाउन उक्त कार्यक्रम आयोजना गर्न लागिएको आयोजक स्रोतले जनाएको छ ।

जापानको नागोया, ओसाका र टोकियो गरी प्रमुख तीन सहरमा उक्त कार्यक्रम आयोजना गर्ने उद्देश्यले राष्ट्रिय आविष्कार केन्द्र सहयोग समिति जापान गठन गरिएको छ ।

अमेरिकामा उच्चशिक्षा अध्ययन सकेर नेपाल फर्किएपछि निरन्तर बिकट ग्रामिण भेगलाई लक्षित गरी प्रविधिको क्षेत्रमा बिभिन्न काम गर्दै आएका उदाहरणीय व्यक्तित्व डा. पुन अहिले सिंगो नेपालले नै गर्ब गर्ने ’राष्ट्रिय आविष्कार केन्द्र’ स्थापनाका लागि अहोरात्र खटिरहेका छन् ।

डा. पुनको अभियानमा अहिले देश विदेशबाट सहयोग जुट्ने क्रम जारी छ । यद्यपि नेपाल सरकारबाट भने यस अभियानका लागि अझै सहयोगको प्रतिबद्धता आईसकेको छैन ।

उक्त अभियानका लागि डा. पुनले आफुले हालसम्म पाएका पदक बिक्रि गर्ने घोषणा गरेसंगै एकाएक सबैको ध्यानाकर्षित गरेको हो । जसअनुसार यस अभियानका लागि अमेरिका, अष्ट्रेलिया, बेलायत लगायतका देशहरुमा रहेका नेपालीहरुद्वारा बिभिन्न कार्यक्रमहरुको तय भैरहेको जानकारीमा आईरहेका छन् । सोही अनुरुप जापानमा पनि तीन दिवसीय साँगीतिक कार्यक्रम गर्न लागिएको हो ।

आयोजक स्रोतकाअनुसार जुलाई महिनाको पहिलो साता तय गरिएको उक्त कार्यक्रमका लागि डा. पुन लगायत चर्चित कलाकर्मीहरुको टोली जापान आउने भएका छन् ।***

तपाईको प्रतिक्रिया