Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

टोकियो – त्रिभुवन बिश्वविद्यालयका पूर्व उपकुलपति एवं जापानका लागि पूर्व नेपाली राजदूत केदारभक्त माथेमा र साझा पार्टीका संयोजक रवीन्द्र मिश्र जापान आउने भएका छन् ।

शिक्षाविद माथेमा र चर्चित पूर्व पत्रकारसमेत रहेका मिश्रको बिशेष उपस्थितिमा ’हाम्रो नेपाल, हामी नेपाली अभियान’ फुकुओकाले नेपाली बिद्यार्थीहरुलाई लक्षित गरी बिशेष अभिमुखीकरण (ओरियन्टेशन) कार्यक्रम गर्ने भएको छ ।

उक्त अभियानका संयोजक धर्म अधिकारीका अनुसार ’सफलताको आधार : संकल्प, परिश्रम र अनुशासनको पूर्वाधार’ भन्ने नाराका साथ हुन लागेको उक्त कार्यक्रम आगामी जुनको ३० तारिखमा हुने बताईएको छ ।

जापानमा नेपाली बिद्यार्थीहरुका बढ्दो समस्यालाई ध्यानमा राख्दै समस्या समाधानमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको बताईएको छ ।
क्युशु क्षेत्रमा रहेका करिव ५ हजार नेपालीहरु मध्य करिव ८० प्रतिशत फुकुओकामा रहेको र त्यसको पनि ८० प्रतिशत विद्यार्थीहरु रहेको अधिकारीले जानकारी दिए । तिनै विद्यार्थीहरुलाई लक्षित गरी शिक्षासंग सम्बन्धित कार्यक्रमको आयोजना गरिएको उनले बताए ।  ***

यो पनि पढ्नुहोस ।

सफलताको आधार : संकल्प, परिश्रम र अनुशासनको पूर्वाधार

तपाईको प्रतिक्रिया