Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
गोरखा- प्रधानमन्त्री बाबुराम भट्टराईले शान्ति प्रक्रियाले गति लिएलगत्तै संविधान निर्माणको काम अघि बढेको बताएका छन्। सेना समायोजनका कामहरु सकिए जस्तै भएको उल्लेख गर्दै उनले संविधान निर्माणका केही विषयमा छलफल जारी रहेकाले छिट्टै टुङ्गिने विश्वास पनि व्यक्त गरे।
छेकम्पार गाउँ विकास समितिमा आयोजित चुम उपत्यका महोत्सवलाई सम्बोधन गर्दै उनले अब छिट्टै संविधान जारी गर्ने बताएका हुन।
गोरखाको छेकम्पार जस्ता स्थानको विकास अनिवार्य भएको बताउँदै प्रधानमन्त्री भट्टराईले देशमा शान्ति प्रक्रिया र संविधान निर्माणको काम सकिएलगत्तै यस्ता क्षेत्रहरुको विकासमा सरकारको ध्यान जाने बताए।
उत्तरी गोरखाको विकास हुन नसक्दा यस क्षेत्रका बासिन्दामा परेको समस्याप्रति सरकार जिम्मेवार भएको बताउँदै उनले यस क्षेत्रको स्वास्थ्य, शिक्षा, खानेपानीलगायतका विषयमा पछिल्लो समयमा सरकारको ध्यान पुगेको छ भने।
उत्तरी गोरखाका सात गाविसलाई मध्यनजर राख्दै सिर्दीवासमा आवासीय विद्यालयको स्थापना भएको, सीमा प्रशासन स्थापना गरिएको, केही समयअघि मात्रै घुम्ती प्रशासनिक सेवा प्रदान गरिएको भन्दै उनले राज्यका तर्फबाट यस क्षेत्रमा स्वास्थ्यको क्षेत्रमा विशेष ध्यान गएको बताए।
आज सुरु भएको चुम महोत्सव चार दिन चल्नेछ।  महोत्सवमा चौँरीको दूधबाट बनेका विभिन्न खाद्यान्नका परिकार तथा राडीपाखी बिक्रीका लागि राखिएका छन्।
तपाईको प्रतिक्रिया