Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
लण्डन- बेलायतको लिभरपुल पुगेका हाँस्य कलाकारहरु दिपकराज गिरी, दिपाश्री निरौला, दिपक शर्मा र गायक हिमाल सागर गौतमलाई आइतबार सम्मान गरियो ।
लिभरपुलवासी नेपालीको तर्फबाट डा. शम्भु आचार्यले कलाकारहरुलाई सम्मान गरेका हुन् । कलाकारहरुले प्रहसन प्रस्तुत गरेर कार्यक्रमलाई रमाइलो बनाएका थिए । पहिलो पटक लिभरपुलमा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा दर्शकले हल खचाखच भरिएको थियो ।
निशा शर्मा, ज्ञानु भण्डारी घिमिरे, सन्देश शर्मालगायत स्थानीय कलाकार आफ्नो कला प्रस्तुत गरे । कार्यक्रम सञ्चालन रोशन भट्टराईले गरे । कार्यक्रममा गैरआवासीय नेपाली संघका प्रवक्ता डा. हेमराज शर्मा, डा. विनम घिमिरे, पत्रकार महासंघ बेलायतका वरिष्ठ उपाध्यक्ष चिरन शर्मालगाएतको उपस्थिति थियो ।
कार्यक्रममा गैरआवासीय नेपाली संघ बेलायतका अध्यक्ष कुल आचार्यले शुभकामना सन्देश पठाएका थिए । कार्यक्रम सफल पार्न भण्डारी ब्रर्दश लिमिटेड, हिन्दु मन्दिर लिभरपुल, शिले शेरचन, प्रवीण घिमिरे, गोपाल अधिकारी, तेजेन्द्र फेरारी, परशुराम शर्मा, कविराज शर्मा, टिकाराम सापकोटा, विज्ञान देवकोटा, लगायतले योगदान पुर्‍याएका थिए ।
कलाकारहरु एक महिने लामो नयाँ बर्ष कार्यक्रम लिएर बेलायत आइपुगेका हुन् । उनीहरु मेको पहिलो साता नेपाल फर्कने कार्यक्रम छ ।
तपाईको प्रतिक्रिया