Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं-भारतीय फिल्म कम्पनी नोयडा फिल्म सिटीले नेपाली फिल्म संघ संस्थाहरु अगाडि आएमा नेपाली फिल्म बनाउने इच्छा व्यक्त गरेको छ ।
भारतीय फिल्म बजारको १०० वर्ष इतिहासको अनुभवलाई नेपाली फिल्म क्षेत्रमा साट्दै नेपाली फिल्म बनाउन इच्छा व्यक्त गरेको हो ।
नोयडा कम्पनीले निकट भविश्यमै दिल्लीमा नेपाली फिल्म फेष्टिभल गर्ने जानकारी दिँदै त्यस लगतै नेपालमा पनि नेपाल भारतको संयुक्त फिल्म फेष्टिभल गर्न कानुनी प्रकृयामा रहेको जानकारी गरायो ।
सोमबार रिपोर्टर्स क्लव नेपालमा पत्रकार सम्मेलन गर्दै बालबालिकाहरुको विषय समेटिएको स्क्रीप्ट लिएर आएमा फिल्मको सम्पूर्ण लगानी गर्न तयार रहेको फिल्म सिटी नोयडा र एसियन एकाडेमी अफ फिल्म एण्ड टेलिभिजनका निर्देशक संदिप मारवाले जानकारी दिए ।
निर्देशक संदिप मारवाले नेपाल र भारतीय फिल्म इन्डष्ट्रिज मिलेर एउटा स्तरीय नेपाली फिचर फिल्म बनाउन सकिए नेपाल भारतको सम्बन्ध प्रगाड हुनेमा विश्वास व्यक्त गरे ।
उनले भने- नोयडा फिल्म सिटीमा ९ वटा फिल्म स्टुडियो रहेको र त्यहाँ भएका सेवा सुविधाहरु नेपाली फिल्म क्षेत्रले सस्तो र सुलभ दरमा उपभोग गर्न सक्ने छन् ।
तपाईको प्रतिक्रिया