Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
धनकुटा–एकीकृत नेकपा माओवादीका पोलिटब्युरो सदस्य हरिबोल गजुरेलले उपाध्यक्ष मोहन वैद्य पक्षले गरिरहेको काम पार्टी नीति विपरित भएको बताएका छन् ।
नेता गजुरेलले मंगलबार धनकुटामा सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् । स्वेच्छिक अवकासमा अत्यधिक आकर्षण हुनुमा वैद्य पक्षले उकासेको भन्ने हल्ला निराधार भएको भन्दै उनले एकमुष्ट आकर्षण रकम पाउनु र व्यवसाय  गर्ने सोचले ठुलो संख्यामा यसतर्फ आकर्षण भएको बताए ।
माओवादी १४ वटा प्रदेशको पक्षमा रहे पनि जनताको आर्थिक र सामाजिक उन्नति हुने संघीय राज्य निर्माण गर्नुपर्ने भएकाले लचिलो हुन सक्ने बताउँदै गजुरेलले जातीय, भौगोलिक, साँस्कृतिक पहिचान र सामर्थ्यलाई  आधार बनाएर संघीय राज्य निर्माण हुने बताए । ***
तपाईको प्रतिक्रिया