Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

टोकियो-चार वर्ष अघि अध्ययनका लागि  जापान आएका कास्की लेखनाथ-१४ मझेरी पाटनका अर्जुन नेपालीले आत्महत्या गरेका छन् । चिवा केनको ईचिखावा सिटीमा बस्दै आएका २८ वर्षीय नेपाली आफ्नै कोठामा मृत अवस्थामा भेटिएका थिए । के कति कारणले आत्महत्या गरे भन्ने बारेमा तथ्य थाहा नभएपनि साथीहरूको अनुसार हालैका दिनमा अत्यान्तै मानसिक तनावमा रहेको बुझिएको छ ।

दैनिक मजदुरी गरी जीविकाेपार्जन गर्ने उनकाे परिवारकाे अार्थिक अवस्था निकै नै कमजाेर रहेकाे उनका साथी विशाल कार्कीले बताए ।

नेपाल शब लैजानकाे लागि त सम्भव नै भएन जापानमै दाहस‌ंस्कार गर्न समेत अार्थिक अभावले गर्दा सहयाेग संकलनकाे विकल्प नभएकाे एनअारएन कान्ताेका संयाेजक प्रकाश थापाले समुद्रपारिलाई बताए ।

म‌ृतककाे शब अन्त्येष्टिका लागि जापानबासी नेपालीहरुलाई सहयाेग गरिदिनकाे लागि एनअारएन कान्ताेले अनुराेध गरेकाे छ । सहयाेगकाे लागि एनअारएन कान्ताेकाे हुलाक बैंककाे खाता नम्बर 10010-4228121 रहेकाे छ ।

साथै अन्य जानकारीकाे लागि विशाल कार्की (080-4063-2020), प्रकाश थापा (090 -9381-4014), नविन न्यूरे (080-4145-9955) र विश्व सुवेदी (090-9328-5018) लाई सम्पर्क गर्न भनिएकाे छ ।

स्मरण रहाेस् केही दिन अगाडि मात्रै पाेखराकै मुकेश थापाले पनि अात्महत्या गरेका थिए । उनकाे अन्त्येष्टि अाज मात्र सम्पन्न भएकाे छ । ***


तपाईको प्रतिक्रिया