Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं – नुवाकोट जिल्लामा जारी रहेको मतगणनामा नेकपा एमाले तीन तहमा र नेपाली कांग्रेसले ४ वटा स्थानिय तहमा अगाडी देखिएका छन् । एमालले विदुर नगरपालिका, ककनी गाउँपालिका र बेल्कोट गढी नगरपालीकामा प्रमुख र उप प्रमुख सहित अग्रता लिएको छ ।

नेपाली काँग्रेसले तादी गाउँपालिका, तारकेश्वर गाँउपालीका, शिबपुरी गाँउपालीका र लिखु गाँउपालीकामा अग्रता लिएको छ । नुवाकोटको १० गाउँपालिका र २ नगरपालिकाको मतगणना जारी रहेको छ । विदुर नगरपालिकाको गए रातीबाटै मत गणना थालिएको हो ।

यसै गरी केहि गाँउपालीकामा गए राती देखिनै मतगणना सुरु भएको थियो भने अधिकाँस गाँउपालीकामा भने आज बिहानबाट मत गणना सुरु भएको थियो । यस्तै गरी नुवाकोटको पञ्चकन्या गाँउपालीकामा ६२९ मत गणना सम्पन्न भएको छ । जस अनुसार नेपाली काँग्रेसले गाँउपालीका प्रमुखमा १५७, नेकपा माओबादी केन्द्रले २७३ र नेपा एमालेले १६० मत प्राप्त गरेको छ ।

बिदुर नगरपालीकामा हाल सम्म १३ सय ७३ मत गणना भएको छ । जस मध्ये, मेयरमा नेकपा एमालेले ६३९, नेपाली काँग्रेसले ४७९, नेकपा माओबादी केन्द्रले १४८ मत प्राप्त गरेको छ । यस्तै उप मेयरमा नेकपा एमालेले ५५३, नेपाली काँग्रेसले ५३८र माओबादी केन्द्रले १४९ मत प्राप्त गरेको छ ।

बिदुर नगरपालीकाको मत गणनाको सुरुवात देखिनै नेकपा एमालेले अग्रता कायम गरेको छ ।

 

तपाईको प्रतिक्रिया