Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं  – काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा कांग्रेसले अग्रता लिएको छ । वडा नम्बर १ को भइरहेका मतगणनामा ८५० भन्दा धेरै मतमा कांग्रेसका मेयर उम्मेद्वार उपेन्द्र कार्कीले ३७२, एमालेका उम्मेद्वार कृष्ण हरिथापाले २१५, माओवादीका उम्मेद्वार महेश्वर फुयालले १४४ तथा राप्रपाका उम्मेद्वार शम्भुबहादुर थापाले १५ मत पाउनुभएको छ ।

उपमेयरमा पनि कांग्रसले नै अग्रता लिएको छ । कांग्रेसका उपमेयरका उम्मेद्वार अनिता अधिकारी थापाले ३६९, एमालेका उपमेयरका उम्मेद्वार बिन्दु सिम्खडाले २४१, माओवादी केन्द्रमा उपमेयरका उम्मेद्वार रुकमाया रनपालले ११८ र राप्रपाका उपमेयरका उम्मेद्वार कुश्मा नगरकोटीले २० मत प्राप्त गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया