Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं  – झडपपछि मतदान स्थगीत भएको र मतपेटिका लुटिएको कालिकोटको  नरहरिनाथ गाउँपालिका वडा नं. ६ मा फेरि मतदान हुने भएको छ । निर्वाचन आयोगले सोमबार बिहान प्रेस विज्ञप्ति निकाल्दै यो ठाउँमा फेरि मतदान गर्ने जनाएको हो ।

तर मतदान कहिले गर्ने भन्ने जानकारी भने गराइएको छैन । नरहरिनाथ गाउँपालिका वडा नं. ६ मा रहेको नन्दादेवी  मावि मतदान केन्द्रका मतपेटिका  ढुवानीका क्रममा आइतबार विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले लुट्ने प्रयास गरेका थिए ।

तपाईको प्रतिक्रिया