Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

चितवन  – माओवादी केन्द्रको तर्फबाट चितवनको राप्ती नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्षका उम्मेद्वार प्रेमबहादुर रिमालको अपहरण भएको छ । केन्द्रले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले अपहरण गरेको आरोप लगाएको छ ।

माओवादी केन्द्रका जिल्ला इन्चार्ज ईश्वरी भट्टराईले विप्लव निकट नेपाल कम्युनिस्ट पार्टीले अपहरण गरेको आरोप लगाउनु भएको छ । विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीले उम्मेद्वारी नदिन दबाब दिए पनि ७० वर्षका रिमालले उम्मेद्वारी दिएपछि उहाँको अपहरण भएको भट्टराईको आरोप छ ।

चितवनका प्रहरी उपरीक्षक दीपक थापाले घटनाको अनुसन्धान भइरहेको बताउनुभयो । यस्तै माओवादी केन्द्रका विरुद्ध पर्चा बाडेको भन्दै भरतपुर महानगरपालिकाको एमालेका वडा नं ६ का वडाध्यक्षका उम्मेदवार खिलाप्रसाद न्यौपानेसहित ३१ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी उपरीक्षक थापाका अनुसार जनताको २४ यक्ष प्रश्न माओवादी केन्द्रलाई भन्ने पर्चा छर्दै गरेको अवस्थामा उनीहरुलाई भरतपुर महानगरपालिकाका विभिन्न ठाउँबाट पक्राउ गरिएको हो ।

तपाईको प्रतिक्रिया