Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

टोकियो- टोकियो इमिग्रेशनमा बन्दी बनाईएका २० जना बन्दीहरुले इमिग्रेशन परिसरमै भोक हड्ताल गर्न थालेको संचारमाध्यामहरुले प्रकाशित गरेका छन् । उनीहरुले आफ़ुहरुलाई छोड्नु पर्ने माग गर्दै भोक हड्ताल गरेका हुन । भोक हड्तालमा उत्रनेहरुमा चिनियाँ र इरानी नागरिकहरु भएको इमिग्रेशन श्रोतले बताएको छ । ओभरस्टे लगायतका बिभिन्न अभियोगमा इमिग्रेशनको नियन्त्रणमा रहेका उनीहरुले देश फर्काइनु अघि अस्थायी रुपमा भएपनि आफुहरुलाई रिहा गरिनु पर्ने माग गरेका हुन् । यस्ता बन्दीहरुलाई अवस्था हेरी बढिमा ३०० मान अर्थात ३० लाख येन धरौटी राखी इमिग्रेशनले छोड्ने ब्यवस्था पनि रहेको छ ।

इमिग्रेशनमा रहेका यस्ता बन्दीहरुलाई दैनिक ३ पटक खाना दिईने गरेकोमा भोक हडतालमा उत्रिएका बन्दीहरुले यहि मंगलबारदेखि उपलब्ध गरिएको खानाहरु इन्कार गर्दै आएको समाचारमा उल्लेख छ । उनीहरु मध्ये अधिकांश ओभरस्टे बसेर देश निकाला गरिनेहरु रहेको र शरणार्थीको लागि आवेदन दिएकोले आफ़ुहरुलाई छोड्न माग गरिरहेका छन ।
उनीहरुको पक्षमा काम गर्ने मानब अधिकारबादीहरुले भने १ बर्षभन्दा बढि समय इमिग्रेशनको नियन्त्रणमा रहेकाहरुपनि त्यस भित्र रहेको र उनीहरुले पानी समेत नपिई भोक हड्तालमा उत्रिएकोले समस्या जटिल बन्दै गएको बताएका छन । टोकियो इमिग्रेशनमा हाल जम्मा ५६० जना बिदेशीहरु नियन्त्रणमा रहेको पनि श्रोतले बताएको छ ।
हेर्नुहोस् समुद्रपारि हाइलाइट्स :

तपाईको प्रतिक्रिया