Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

टोकियो – जापानमा याक्वा तङ्नाम (उभौली पर्व) विभिन्न कार्यक्रम गरि मनाइएको छ । याक्वा तङ्नाम (उभौली पर्व) तथा सम्मान कार्यक्रम किराँत याक्थुङ चुम्लुङको आयोजनामा टोकियो सिन ओकुवु वारकाडे रेष्टुरेन्टमा भएको थियो ।

कार्यक्रमको अध्यक्षता सुमन लेछर्वो लिम्वुले गर्नुभएको थियो भने प्रमुख अतिथी आदिवासी जनजाती महासंघ जापानका सह–अध्यक्ष कान्छा शेर्पाले गर्नु भएको थियो । निरन्तर अतुलनिय योगदान गरेको भन्दै १९९८ मा स्थापित याक्थुङ सेवा कोष जापानका सदस्य द्धय उज्वल थेबे र सुमन लोछर्वो लिम्वुहरुलाई प्रसंसा पत्र, सिलाम साक्मा र खादा ओडाएर सम्मान गरिएको थियो ।

बिभिन्न व्यास्तता र बाध्यताको माज हुर्किएको याक्थुङ सेवाकोष जापान २००५ सम्म मात्र रहयो र यसैको विकसित स्वरुप २०१२ मा किराँत याक्थुङ चुम्लुङ जापानको स्थापना भएको थियो । किराँत याक्थुङ चुम्लुङका संस्थापकहरुलाई पनि खादा ओडाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा देवेन्द्र लावतीले बिभिन्न लिम्वु संस्कृती झल्कने गित संगित प्रस्तुत गर्नु भएको थियो भने मुक्साम लावतीले उभौली पर्व याक्वा तङनामको बारेमा प्रकाश पर्नु भएको थियो ।  कार्यक्रममा स्वगत मन्तव्य उपाध्यक्ष सुदिप पालुङवाले दिनु भएको थियो भने कार्यक्रम संचालन संस्थाका महासचिव लक्ष्मी आङ्बो र सचिव मन तुम्साले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया