टोकियो– इण्डोनेशियाबाट जापान आएका एक इण्डोनेशियाली नागरिक यहि बिहिबारका दिन एयरपोर्ट इमिग्रेशनको आंखा छली जापान भित्रिएको खबर जापानी मेडियाहरुले प्रमुखताका साथ प्रकाशित गरेका छन् । जापान भित्रिने क्रममा इमिग्रेशनको चेकजांचकै शिलशिलामा ३० बर्षिय उक्त ब्यक्ति फ़रार भएको थाहा लागेको छ । इमिग्रेशन काउन्टरमा राखिएको सिसी क्यामेरा हेर्दा उनी चेकजांच काउन्टर छलेर बाहिर निस्केको थाहा लागेको हो । उक्त ब्यक्तिले १५ घण्टा पछि आफ़ै आत्मसमर्पण गरेको पनि समाचारमा जनाईएको छ ।
संचारमाध्यामसंगको कुराकानीको क्रममा इमिग्रेशन कर्मचारीहरुले यो घटनालाई गम्भीर रुपमा लिएको र आगामी दिनमा यस्तो हुन नदिन हरेक उपाय अपनाउने बताएका छन् ।
उक्त ब्यक्ति यहि ११ तारिख बिहिबारको उडानमा जाकर्ताबाट हानेदा बिमानस्थालमा अवतरण गरेका थिए । श्रोतका अनुसार उक्त ब्यक्तिले इमिग्रेशन काउन्टरमा सोधपुछको क्रममा शंकास्पद गतिबिधी देखाएकोले थप अनुशन्धानको लागि बिशेष कोठामा लगिएको थियो । तर उनी दिउंसो २ बजेतिरबाट फ़रार भएका थिए । त्यहां राखिएको सिसी क्यामेरामा इमिग्रेशन काउन्टर छलेर भागेको दृष्य कैद गरिएकोले उनी अबैधानिक रुपमा जापान प्रबेश गरेको भन्दै खोजी कार्य थालिएको थियो । तर उनी १५ घण्टापछि शुक्रबार बिहान ६ बजेतिर आत्मासमर्पण गर्न आएका थिए ।
इमिग्रेशनले उनको यस गतिबिधीको बारेमा थप अनुशन्धान गरिराखेको क्योदो न्युजले उल्लेख गरेको छ ।
हेर्नुहोस् समुद्रपारि हाइलाइट्स: