Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं- गृह मन्त्रालयको माताहतमा रहेको कारागार व्यवस्था विभागले व्यवस्थापिका संसद्लाई आइतबार एक पत्र लेखी अपहरण आरोपमा जेलमा रहेका सभासद् श्यामसुन्दर गुप्ताले संविधानसभा बैठकमा भाग लिन चाहेको जानकारी गराएका छन् ।
सभासद् गुप्ताले आफूलाई अहिलेसम्म निलम्बन नगरिएको र आफ्नो पदसमेत रिक्त नभएकाले संविधानसभा बैठकमा भाग लिन पाउनुपर्ने माग गर्दै संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई निवेदन लेखेकोमा कारागार व्यवस्था विभागले आफ्नो लेटरप्याडमा सोबारे जानकारी गराउँदै संसद् सचिवालयलाई पत्र लेखेको थियो।
सरकारको एउटा अंगले संसद्लाई औपचारिक पत्र लेखेकाले सो पत्र सरकारी तवरबाट नै लेखिएको सरह हुने भन्दै यो सरकारी आग्रह हो वा के हो भनी जानकारी गराउन संसद्ले गृह मन्त्रालयलाई पत्र लेखेको हो।
सभासद् गुप्ताले यसअघि पनि पटकपटक कारागारको फोन प्रयोग गरेर र निवेदनमार्फत आफूलाई निलम्बन नगरेकाले र पदसमेत रिक्त नभएकाले आफू जेल परेको समयदेखिको तलब उपलब्ध गराइदिन दबाब दिँदै आएका थिए।
व्यापारी पवन संघाईलाई अपहरण गरेको अभियोगमा गत माघ २ मा गृहनगर भैरहवाबाट पक्राउ परेका सभासद गुप्ता अहिले डिल्लीबजारस्थित सदरखोरमा छन् ।
तपाईको प्रतिक्रिया