Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं– इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा सनराइजर्स हैदराबादको प्लेअफमा पुग्ने सम्भावना बलियो भएको छ । सोमबार रातिको खेलमा मुम्बई इन्डियन्सलाई ७ विकेटले हराउँदै हैदरावदले प्ले अफमा पुग्ने सम्भावना बनाएको हो ।

मुम्बईले दिएको १ सय ३९ रनको लक्ष्य हैदरावदले १० बल बाँकी छँदै भेट्टायो । हैदरावादका लागि शेखर धवनले दोस्रो विकेटका लागि मोइसस हेनरिकेससँग गरेको ९१ रनको साझेदारी नै जितको आधार बन्यो । धवनले ४६ बलमा दुई छक्का र चार चौका गरी ६२ रन बनाए ।

यस्तै हेनरिकेसले ३५ बलमा ६ चौकाको सहयोगले ४६ रन बनाए । युवराज सिंहले ९ रन बनाए । जितसँगै हैदराबाद अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । मुम्बईका मिचेल म्याक्लेनेगन, लसिथ मालिंगा र जसप्रित बुम्राहले एक एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट जाँदा १ सय ३८ रन बनाएको थियो । मुम्बईका पार्थिव पटेलले १७ बलमा २३ रन, रोहित शर्माले ४५ बलमा ६७ रन बनाए । हैदराबादका सिद्धार्थ कौलले तीन, भुवनेश्वर कुमारले दुई साथै मोहम्मद नाबी र रसिद खानले एक एक विकेट लिए । नाबी र खानले गरेको ८ ओभरमा ३५ रन मात्र खर्चेका थिए ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रिया