Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत शनिबार राति भएको खेलमा मुम्बई इन्डियन्सले शानदार जित दर्ता गरेको छ ।

फिरोज शाह कोट्ला रंगशालमा भएको खेलमा मुम्बईले दिल्ली डेयरडेभिल्सलाई एक सय ४६ रनले हराएको हो । यो आइपिएलको यस वर्षको प्रतिस्पर्धामा अहिलेसम्मकै ठूलो रन अन्तरको जित हो ।

मुम्बईले प्रस्तुत गरेको दुई सय १३ रनको लक्ष्य पछ्याएको दिल्लीले १३ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर मात्रै ६६ रन बनायो । उसका लागि करुण नायरले २१ तथा कारी एन्डरसन र प्याट कमिन्सले समान १० रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

मुम्बईका हरभजन सिंह र कर्ण शर्माले तीन तीन तथा लासिथ मालिंगाले दुई विकेट लिए । पहिले ब्याटिङ गरेको मुम्बईले मात्रै तीन विकेटको क्षतिमा दुई सय १२ रन बनायो । उसका लागि लेन्डल सिमोन्सले ६६, किरोन पोलार्डले नटआउट ६३, हार्दिक पाण्डेयले नटआउट २९ तथा पार्थिव पटेलले २५ रन बनाए ।

जितपछि शीर्ष स्थानको मुम्बईको ११ खेलबाट १८ अंक भएको छ । ११ खेलबाट ८ अंकसहित छैटौं स्थानमा रहेको दिल्लीलाई भने प्लेअफमा पुग्ने यात्रामा धक्का लागेको छ । दिल्ली चौथो स्थानको सनराइजर्स हैदरावाद भन्दा पाँच अंकले पछि परेको छ ।

तपाईको प्रतिक्रिया