Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं  – इन्डियन प्रिमियर लिग (आएपिएल) क्रिकेट अन्तरगत बिहीबार राति भएको खेलमा गुजरात लायन्सले दिएको २ सय ९ रनको लक्ष्य दिल्ली डेयरडेभिल्सले १५ बल बाँकी छँदै तीन विकेट जाँदा भेट्टाएको छ ।

दिल्लीका लागि रिसब पन्तले ४३ बलमा ९७ रन बनाए । उनले ९ छक्का र ६ चौका हानेका थिए । यस्तै सन्जु सामसनले ७ छक्काको सहयोगले ३१ बलमा ६१ रन बनाए । यी दुवैले दोस्रो विकेटका लागि १ सय ४३ रनको साझेदारी गरेका थिए । कोरी एन्डरसनले १२ बलमा १८ रन, करुन नायरले ११ बलमा १२ रन, श्रेयर ऐएरले ८ बलमा १४ रन बनाए । गुजरातका प्रदिप साङवान, बसिल थम्पि र रविन्द्र जडेजाले एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिले व्याटिङ गरेको गुजरातका लागि कप्तान सुरेश रैनाले ४३ बलमा ७७ रन तथा दिनेश कार्तिकले ३४ बलमा ६५ रन बनाएका थिए । आरोन फिन्चले १९ बलमा २७ रन र रविन्द्र जडेजाले ७ बलमा १८ रन बनाए । दिल्लीका कागिसो रबाडा, प्याट क्युमिन्सले दुई दुई साथै कोरी एन्डरसनले एक विकेट लिए । हारपछि गुजरात नकआउट चरणबाट बाहिरिएको छ ।

तपाईको प्रतिक्रिया