Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

कैलाली – कैलालीको अत्तरीयामा बिहीबारदेखि अत्तरीया कप महिला क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । ट्वेण्टी–ट्वेण्टी संरचनामा खेलाइने प्रतियोगितामा ६ टिमले भाग लिने आयोजक युनाईटेड अत्तरीया स्पोर्टस क्लबले जनाएको छ  ।

समुह ‘ए’ मा सशस्त्र प्रहरी बलको एपिएफ, मिलन क्रिकेट एकेडेमी झापा र कञ्चनपुर टिम छन् । समुह ‘बी’ मा कैलाली जिल्ला क्रिकेट एकेडेमी, राईजिङ क्रिकेट वुमन काठमाडौं र बारा क्रिकेट एकेडेमी छन् ।

राउन्ड रोबिन लिगका आधारमा खेलाइने प्रतियोगितामा दुवै समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन् । उपाधि बिजेताले २ लाख र उपविजेताले १ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिताका लागि २५ लाख जति खर्च हुने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया