Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत मंगलबार राति भएको खेमला दिल्ली डेयरडेभिल्स विजयी भएको छ ।

फिरोज शाह कोट्ला रंगशालमा भएको खेलमा दिल्लीले सनराइजर्स हैदरावादलाई ६ विकेटले हराएको हो । हैदरावादले प्रस्तुत गरेको एक सय ८६ रनको लक्ष्य दिल्लीले पाँच बल बाँकी हुँदा चार विकेटको क्षतिमा भेट्टायो ।

दिल्लीका लागि कोरी एण्डर्सनले नटआउट ४१, करुण नायरले ३९, ऋशव पन्तले ३४, श्रेयस आयरले ३३ तथा सन्जु सामसुनले २४ रन बनाए । हैदरावादका मोहम्मद सिराजले दुई विकेट लिए ।

यसअघि पहिलो ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा एक सय ८५ रन बनायो । उसका लागि युवराज सिंहले नटआउट ७०, डेविड वार्नरले ३० तथा  शिखर धवनले २८ रन बनाए पनि हार टार्न सकेनन् ।

दिल्लीका महोम्मद शामीले दुई विकेट लिए । ९ खेलमा तेस्रो जित दर्ता गरेको दिल्ली ६ अंकसहित छैटौं स्थानमा छ । ११ खेलमा ६ खेल जितेर १३ अंक जोडेको हैदरावाद तेस्रो स्थानमा छ ।

 

तपाईको प्रतिक्रिया