Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
कञ्चनपुर- स्वेच्छिक अवकाशमा आएका माओवादी लडाकु छ राउन्ड गोलीसहित पक्राउ परेका छन्। कञ्चनपुरको कृष्णपुर बजारमा प्रहरीले डडेल्धुरा घर भएका २२ वर्षीय विनोद नेपालीलाई आज छ राउन्ड गोलीसहित पक्राउ गरेको हो।
तालबन्दस्थित माओवादी लडाकु शिविरबाट स्वेच्छिक अवकाशमा आएका नेपालीलाई मदिरा पिएर कृष्णपुर बजारमा झै-झगडा गरिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएर जाँच गर्दा गोली बरामद भएको इलाका प्रहरी कार्यालय कृष्णपुरका प्रहरी नायब निरीक्षक बोधराज ओझाले बताए।
नेपालीले प्रारम्भिक बयानका क्रममा गोली शिविरबाट ल्याएको बताएको ओझाले बताए। गोलीसहित पक्राउ परेका नेपालीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा पठाइएको छ।
तपाईको प्रतिक्रिया