Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकोब जुमाले छैंटौं पत्नी भित्र्याएका छन् ।
लामो समयदेखि प्रेमिका बोगीगेमासँग कन्ड्ला सहरमा ७० वर्षीय जुमाले शुक्रबार बिहे गरेका हुन् । अब उनीसँग ४ पत्नी साथमा छन् । एक पत्नी बितिसकेकी छन् । अर्की एकसाग सम्बन्धविच्छेद गरेका थिए ।
जुलु समुदायमा बहुविबाहको प्रचलन छ । दक्षिण अफ्रिकामा यो चलन बैध भए पनि युवा पुस्तामा यसको लोकपि्रयता कम हुँदै गएको छ । जुमाका २१ सन्तान छन् ।
विशेष नृत्यका साथ भएको वैवाहिक उत्सवमा जुमाका अब तीन पत्नी पनि सहभागी थिए । सबै पत्नीलाई उनले निजी घरमा स्वकीय सचिवको सुविधासहित राखेका छन् । सबै पत्नी पालैपालो राष्ट्रपतिसँगै उनको विभिन्न भ्रमणमा सरिक हुने गरेका छन् ।
सन् २००९ मा जुमा त्यहाँका राष्ट्रपति बनेका थिए ।
तपाईको प्रतिक्रिया