Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौ- नेपाल भ्रमणमा रहेका बिभिन्न भारतीय नेताहरुले  आगामी जेठ १४ भित्रै नेपालमा लोकतान्त्रिक नयाँ संबिधान जारी हुने विश्वास ब्यक्त गरेका छन् ।
रिपोटर्स क्लव नेपालले शनिबार काठमाडौमा आयोजना गरेको साक्षात्कारमा नेपालको शान्ति, लोकतान्त्रिक संबिधान, विकास र समृद्दि भारतीय चाहना रहेको बताए । भारतीय जनता पार्टीका बिदेश बिभाग प्रमुख एवं प्रवक्ता विजय जोलीले नेपालको शान्ति प्रक्रिया अन्तिम चरणमा रहेको उल्लेख गरे ।
नेपालमा नयां संबिधान जारी हुन ३६ दिन मात्रै बांकी छ । उक्त मितिभित्र शान्ति प्रक्रिया सम्पन्न हुने आशा लिएका छौं’ जोलीले भने ‘भाजपा बरिष्ठ नेता अटल बिहारी बाजपेयी प्रधानमन्त्री रहेका बेला बाह्र बुंदे समझदारी नयाँ दिल्लीमै भयो, त्यहीबाट शान्ति प्रक्रिया शुरु भयो ।
नेपालमा लोकतान्त्रिक प्रक्रिया मजबुत भए भारत र भारतीय जनता खुशी हुने उनले बताए । नेपाल र भारतबीच संबन्ध सुमधुर रहेकै कारण अहिले भारतमा ५५ लाख नेपालीहरुले रोजगारीको अवसर पाइरहेको उनले बतँए । ‘नेपालको शान्ति र संबिधान निर्माण प्रक्रियाले कुनै हालतमा पूर्णता पाउनुपर्छ । यसमै भारतको हित छ’ उनले भने ।
जोलीले नेपाल अन्र्तराष्ट्रिय आतंकवादी संगठनहरुको अखडा बन्न नहुने उल्लेख गर्दै नेपाल भारतबिरुद्द दुरुपयोग या उपयोग नहोस् भन्ने भारतको चाहना रहेको बताए । नेपाल र भारतबीच खुल्ला सीमाना रहेको तथा विना रोकटोक आवात जावत हुने गरेको उनले बताए ।
साक्षात्कारमा भारतीय राष्ट्रवादी कंग्रेसका महासचिव एवं सांसद तारिक अनवरले नेपालमा लोकतान्त्रिक र शशक्त संबिधान निर्माण होस् भन्ने पक्षमा भारत र भारतीय जनता रहेको बताए । नेपालको शान्ति, स्थिरता, विकास, जनताको सुरक्षा, धर्मनिरपेक्षताका पक्षमा भारत रहेको उनले बताए । नेपाललाई दिंदै आएको सहयोग शुचारु गर्न भारत तयार रहेको तारकले बताए । उनल भने ‘शान्ति प्रक्रिया टुंगिएर संबिधान जारी भएपछि भारतले नेपालको विकासमा बिशेष सहयोग घोषणा गर्नेछ ।’
भारतीय सत्तारुढ दल कंग्रेस आइका प्रवक्ता एवं सांसद रासिद अल्विले भारत हमेशा नेपालको साथमा रहने विश्वास ब्यक्त गरे । उनले भारतले नेपालमा बर्षेनी भारु.दुई हजार करोड लगानी रहेको दाबी गर्दै भारत सरकार र जनताको निरन्तर सहयोग रहने विश्वास दिलाए । नेपालमा नयाँ संबिधान जारी गर्न अत्यन्तै कम समय बांकी रहेको भन्दै लोकतान्त्रिक नयाँ संबिधान निर्माण भए भारत र भारतीय जनता खुशी हुने बताए । उनले नयाँ संबिधान जारी भएपछि नेपालमा स्थिरता र विकास कायम हुने विश्वास राख्दै भने ‘यहाँको विकास क्रमका आधारमा भारतीय सहयोग अझै बढ्न सक्छ । हाम्रो चासो शान्ति र संबिधान हो । नयाँ संबिधान जारी भइसकेपछि भारतले नेपाललाई सहयोगमा बृद्दि गर्नेछ ।’
साक्षात्कारमा भारतीय युवा नेतृ, तृणमुल कंग्रेसकी सांसद तथा प्रसिद्द अभिनेत्री सताब्दी रायले नेपालको विकासमा भारतले हर तहले सहयोग गर्ने बताइन् । भारतीय राष्ट्रिय कंग्रेसकी भूतपूर्व सचिव एवं युवानेतृ अल्का लावाले नेपाल र भारत भाई-भाईको संबन्धमा अघि बढिरहेको भन्दै नेपालको राजनीतिक गतिरोध छिट्टै अन्त्य हुनेमा आफूहरु आशावादी रहेको बताइन् ।
तपाईको प्रतिक्रिया