Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं- नेपाली किशोर किशोरी १८ वर्षमै सेक्स अनुभव लिने गरेको एक सरकारी तथ्यांकले खुलाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पछिल्लो सर्वेक्षण अनुसार किशोरकिशोरीले सरदर १८ बर्षको उमेरमा पहिलो पटक यौन सम्पर्क राखेको पाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार सन् २०१०/११ मा गरिएको सर्वेक्षण अनुसार १५ बर्ष नपुग्दै ७ प्रतिशत किशोरकिशोरीले यौन सम्पर्क राखेका थिए ।
त्यस्तै नयाँ सर्वेक्षण अनुसार ७२ प्रतिशत किशोरकिशोरीले यौन सम्पर्क राख्ने गरेको, २४ प्रतिशतले व्बार्इफ्रेण्ड र गलफ्रेण्डबीच सहवास गर्ने गरेको र ३ प्रतिशतले आफूले चिनेजानेको व्यक्तिसँग यौन सम्पर्क गर्ने गरेको सर्वेक्षण पछि सार्वजनिक भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
पछिल्लो पटक किशोरकिशोरीका बारेमा गरिएको अध्ययनले उनीहरुले डबल अफेयर रुचाउने गरेको देखाएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पछिल्लो सर्वेक्षण अनुसार १० देखि २४ बर्ष उमेर समूहका किशोर-किशोरीले एकैसाथ दुईजनासँग अफेयर चलाइरहेको पाइएको छ ।
१० देखि २४ बर्ष उमेर समूहका ८ हजार ९ सय ७४ घरधुरीका १४ हजार ७ सय ५४ जना किशोर किशोरीमा गरीएको सर्वेक्षण उक्त तथ्यांक आएको हो ।
तपाईको प्रतिक्रिया