Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं  – सिजनको अन्तिम तथा महत्वपूर्ण खेल बाँकी रहेका बेला इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड समस्यामा परेको छ । क्लबको यो सिजनका सर्वाधिक गोलकर्ता स्ट्राइकर जाल्टन इब्राहिमोविच तथा डिफेन्डर मार्कस रोजो घुँडाको चोटका कारण सिजनका बाँकी खेलमा मैदान बाहिर रहने भएका छन् ।

दुवै खेलाडीको घुँडाको लिगामेन्टमा गम्भीर चोट लागेको छ । इब्राहिमोविच युरोपा लिगको क्वाटरफाइनलको दोस्रो लेग अन्तर्गत एन्डरलेक्छट्सँगको खेलमा बलमा नियन्त्रणमा लिने क्रममा मैदानमा पछारिएका थिए । यही सिजन क्लब आएका इब्राहिमोविचले अहिलेसम्म २८ गोल गरिसकेका छन् ।

यस्तै विपक्षी टिमका खेलाडीसँगको ट्याकलको क्रममा रोजोको पनि घुँडामा चोट लागेको छ । दुवै खेलाडी यो सिजनका बाँकी खेलमा मैदानमा नहुने सम्भावना बढेको छ । प्रिमियर लिगमा म्यानचेस्टर डर्बीसहितका महत्वपूर्ण खेल बाँकी छन् । यस्तै युरोपा लिगमा पनि युनाइटेडको सेमिफाइनलसहितका खेल बाँकी छन् ।

तपाईको प्रतिक्रिया