Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

धनगढी – बिराटनगर किङ्ग्सलाई ६२ रनको फराकिलो अन्तरले पराजित गर्दै पारस खड्काको टिम टिम चौराहाले धनगढी प्रिमियर लिगको उपाधि जितेको छ । सुशन भरीको घातक बलिङ र आरिफ शेखको विस्फोटक ब्याटिङको मद्दतले विराटनगर किङ्गस्लाई ६२ रनले हराउँदै धनगढी टिम चौराहा सन् २०१७ को धनगढी प्रिमियर लिग (डिपीएल) को उपाधि हात पारेको हो ।

फाइनलमा धनगढीले प्रस्तुत गरेको १ सय ६० रनको लक्ष्य पछ्याउने क्रममा विराटनगर १८.१ ओभरमा सबै विकेट गुमाउँदै ९७ रनमा समेटियो । धनगढीको ब्याटिङक्रम ध्वस्त बनाउने क्रममा भरीले ४ ओभरमा १ मेडेनसहित १८ रन खर्चेर ३ विकेट लिए भने सौरभ खनाल र शेखले २–२ विकेट लिएका थिए ।  अमित श्रेष्ठले २६ रन बनाउँदै विराटनगरलाई राम्रो शुरुवात दिए पनि अन्य खेलाडीले खासै योगदान दिन सकेनन् । अनिल शाह र दीपेन्द्र सिंह ऐरले समान १३ रनको योगदान दिए । कप्तान शरद भेष्वाकर मात्र २ रन बनाएर आउट भए । प्रनित थापा मगरले २७ रन बनाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

यसअघि, निर्धा्रित २० ओभरमा ५ विकेटको क्षतिमा धनगढीले १५९ रन बनाएको थियो । धनगढीका लागि आरिफ शेखले सर्वा्धिक ५४ रन तथा अमर रौटेलाले ३१ रन तथा कप्तान पारस खड्काले २९ रनको योगदान दिए । टस जितेर पहिलो ब्याटिङ गरेको धनगढीको शुरुवात भने राम्रो हुनसकेन । सुस्त शुरुवात गरेको धनगढीले चौँथो ओभरमा नै चार रनको स्थितिमा दुवै ओपनर गुमाएको थियो । राजु रिजाल शुन्य रनमा आउट भए भने अर्का ओपनर अनिल मण्डल २ रन बनाएर आउट भए । त्यसपछि आएका पृथु वासकोटाले पनि खुलेर खेल्न सकेनन् । उनले २३ बलमा १४ रन बनाएर सन्दीप लामिछानेको बलमा क्याच आउट भए ।

त्यसपछि भने कप्तान पार आरिफ शेखले खेल सम्हाले । दुवैले चौथो विकेटको लागि ४४ रनको साझेदारी गरे । प्रकाश विष्टको बलमा क्याच आउट हुनअघि उनले ३ चौका र १ छक्का हिर्काउँदै २९ रन बनाए भने । त्यस्तै जितेन्द्र मुखियाको बलमा अनिल शाहबाट क्याच आउट हुनअघि आरिफ शेखले ४ चौका र ४ छक्का हिकाउँदै ३० बलमा ५४ रन बनाए ।

उनलाई ३१ रन बनाउँदै अमर रौटेलाले राम्रो साथ दिए । निकै विस्फोटक व्याटिङ गरेका रौटेलाले ३ चौका र २ छक्का हिर्काए । विराटनगरका लागि सुशिल कँडेलले ४ ओभरमा ३२ रन खर्चदै २ विकेट लिए भने सन्दिप लामिछाने र प्रकाश विष्टले १–१ विकेट लिए । शुरुमा दुई मेडेन गरेका जितेन्द्र मुखियाले अन्ततः ४ ओभरमा एक विकेट लिँदै ३१ रन खर्चिए ।

तपाईको प्रतिक्रिया