Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – धनगढी प्रिमियर लिगको उपाधिका लागि टिम चौराहाले बिराटनगर किङ्ग्ससामू १६० रनको लक्ष्य प्रस्तुत गरेको छ । अहिले दोस्रो इनिङ्स सुरु भएको छ, शरद भेषावकरको टिम बिराटनगर किङ्ग्स जवाफी ब्याटिङ गर्दैछ ।

सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा टस जितेर ब्याटिङ थालेको टिम चौराहाले २० ओभरमा ५ विकेट गुमाएर १५९ रन बनायो । धनगढीका लागि आरिफ शेखले सर्वा्धिक ५४ रन बनाए । यस्तै अमर रौटेलाले ३१ रन तथा कप्तान पारस खड्काले २९ रनको योगदान दिए ।

टस जितेर पहिलो ब्याटिङ गरेको धनगढीले शुरुवातमै तीन विकट गुमाए पनि त्यसपछिको पारी भने सम्हालिन पुग्यो । खासगरी आरिफ शेखको ‘विस्फोटक ब्याटिङ’को मद्दतबाट धनगढीले १६० रनको योगफल जोड्न सफल भएको हो ।

धनगढी क्रिकेट एकेडेमी र सुदुरपश्चिमाञ्च एकेडेमीको संयुक्त आयोजनामा भईरहेको सर्वा्धिक पुरस्कार राशीको प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले ७ लाख रुपैया पुरस्कार पाउने छन ।

तपाईको प्रतिक्रिया