Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं  – उनी बाल्यकालमा बार्सिलोनाका फ्यान । अहिले उनले पालेको कुकुरको नाम मेस्सी छ । आउँदो समरमा बार्सिलोना जाने खबर पनि आएका छन् । उनी हुन्, रियल मड्रिडका खेलाडी इस्को ।

उनै इस्कोले विश्वको क्लब फुटबलमै महत्वपूर्ण रुपमा हेरिने इएल क्लासिको (रियल मड्रिड भर्सेस बार्सिलोना) मा रियललाई जिताउन महत्वपूर्ण भूमिका खेल्ने सम्भावना छ । स्पेनिस ला लिगा अन्तर्गत यो वर्षको अन्तिम इएल क्लासिको आइतबार राति हुँदैछ । रियलको मैदानमा हुने खेल उपाधि होडका लागि निकै महत्वपूर्ण छ ।

एक खेल कम खेलेको शीर्ष स्थानको रियल मड्रिड अहिले दोस्रो स्थानको बार्सिलोना भन्दा तीन अंकले अघि छ । इएल क्लासिकोका जितेमा लिगका पाँच खेल बाँकी हुँदा रियलको उपाधि होड थप बलियो हनेछ । भ्यालेन्सियाबाट क्लब करिअर सुरु गरेका इस्को सन् २०१३ मा रियल आएका हुन् ।

त्यही सिजन बेल अनुबन्धित भएपछि इस्को केही ओझेलमा परेका थिए । तर उनले आफ्नो प्रदशर्नले क्लबमा स्थान बनाउन सफल रहे । यो सिजन रियलको राम्रो प्रदर्शनमा इस्कोको भूमिका महत्वपूर्ण छ । उनले बार्सिलोनासँगको खेलमा प्रभावशाली प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।

 

तपाईको प्रतिक्रिया