Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
पाकिस्तान- उत्तरी पाकिस्तानमा १२७ जना चढेको यात्रुवाहक विमान दुर्घटना भएको छ।
भोज एअरको सो बोइङ ७३७ विमान कराचीबाट इस्लामावादतर्फ उडिरहेको थियो। दुर्घटनामा ११८ जनाको मृत्यु भएको त्यहाँको रक्षा मन्त्रालयलाई उद्‌धृत गर्दै पाकिस्तानी मिडिया डनको अनलाइन संस्करणले जनाएको छ।
सेनाले विमान इस्लामावाद विमानस्थलबाट १५ किलोमिटर टाढा लोइ भिर इलाकामा खसेको बताएको पाकिस्तानी पत्रकार खालिद खानले बताए। सेनाले त्यस क्षेत्रमा उद्धार कार्य थालेको छ। खानका अनुसार लोइ भिरका स्थानीय बासिन्दाहरुले विमान दुर्घटना हुनुभन्दा अघि नै त्यसमा आगो लागेको देखेको बताएका छन्।
विमान खराब मौसमका कारण दुर्घटना भएको अनुमान गरिएको छ। स्थानीय समय अनुसार साँझको ६ बजेर ४० मिनेट जाँदा विमान दुर्घटना भएको हो।
तपाईको प्रतिक्रिया