Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – पारस खड्काको कप्तानीमा रहेको टिम चौराहा धनगढी प्रिमियर लिग क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । अब उसले उपाधिका लागि शनिबार शरद भेषावकरको बिराटानगर किङ्ग्ससँग खेल्नेछ ।

आज भएको दोस्रो क्वालिफायरमा टिम चौराहाले शक्ति गौचनको कप्तानीमा रहेको रुपन्देही च्यालेन्जर्सलाई ९२ रनले हरायो । सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा टिम चौराहाले दिएको १७३ रनको लक्ष्य पछ्याएको रुपन्देहीले १५.२ ओभरमा सबै विकेट गुमाएर मात्र ८० रन मात्र बनाउन सक्यो । राम्रो सुरुवात गर्न नसकेको रुपन्देहीका ब्याट्सम्यानहरुले ठूलो साझेदारी नै गर्न सकेनन् ।

पहिलो विकेटका लागि हरिशंकर शाह र शंकर रानाले बनाएको १४ रनको साझेदारी नै ठूलो बन्नपुग्यो ।प्रतियोगिताको फाईनल खेल बैशाख ९ गते (पर्सि) हुनेछ । प्रतियोगिताको विजेताले नगद १५ लाख, उपविजेताले सात लाख रुपिया पुरस्कार हात पार्ने छन् ।

तपाईको प्रतिक्रिया