Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – च्याम्पियन्स लिग फुटबलमा गएराति भएको खेलमा बार्सिलोना पराजित भएको छ । पराजयसँगै लिगमा बार्साको यात्रा पनि टुंगिएको छ ।
क्वाटरफाइनलको दोस्रो लेगअन्तर्गत भएको खेलमा इटालियन क्लब युभेन्टससँग गोलरहित बराबरीमा रोकिएपछि बार्सिलोनाको च्याम्पियन्स लिग यात्रामा पूर्णविराम लागेको हो । पहिलो लेगमा ३–० ले पराजित भएको बार्सिलोनाले घरेलु मैदान क्याम्प नाउमा भएको दोस्रो लेगमा एक गोल पनि गर्न सकेन र यात्रा टुंगियो । गोलरहित बराबरीपछि युभेन्टस समग्रमा ३–० को जितसहित अन्तिम चारमा पुगेको हो । अन्तिम १६ को पहिलो लेगमा पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग ४–० ले पराजित भएर पनि बार्सिलोनाले दोस्रो लेगमा ऐतिहासिक पुनरागमन गरेको थियो ।
दोस्रो लेगमा ६–१ को जित निकालेर अन्तिम ८ मा स्थान बनाएको बार्सिलोनाले क्वाटरफाइनलको दोस्रो लेगमा पनि त्यस्तै पुनरागमन गर्न सक्ने अपेक्षा गरिएको थियो । तर घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले ३५ पटक पोस्ट प्रहार गरे पनि गोल गर्न सकेन । बार्साका हस्तीहरु लियोनल मेस्सी, लुइस स्वारेज तथा नेइमारले गोल गर्न सकेनन् । योसँगै बार्सिलोना लगातार दोस्रो सिजन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गर्न असफल भएको छ ।
गएराति नै भएको अर्को खेलमा फ्रेन्च लिग वान क्लब मोनाको च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनलको दोस्रो लेगमा घरेलु मैदानमा भएको खेलमा जर्मन क्लब बोरुसिया डर्टमुण्डलाई ३–१ ले हराएर समग्रमा ६–३ को जितसहित मोनाकोले अन्तिम चारमा स्थान पक्का गरेको हो । मोनाको सन् २००४ पछि पहिलो पटक च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको हो ।

तपाईको प्रतिक्रिया