Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024
टाेकियाे-गाेल्डेन वीककाे अवसर पारेर टाेकियाेमा हुन गईरहेकाे ‘रंगीन साँझ’ कार्यक्रम गायिका तथा माेडल ज्याेतिमगर, लाेक गायक तथा माेडल पुष्कल शर्मा, नृत्याङ्गाना तथा म्यूजिक भिडियाे निर्देशक स्मृति तिमिल्सिना ‘गुरुआमा’ ले धमकेदार बनाउने भएका छन् ।
रंगीन संसार डट कमकाे अायाेजनामा मे ४ तारिक विहीवारकाे दिन टाेकियाेकाे मेगुराे कुमिन सेन्टरमा दिनकाे ३ बजेबाट कार्यक्रम हुन गईरहेकाे छ । साेही दिन जापानबाट संचालित रंगीन संसार डट कमकाे पनि अाैपचारिक उदघाटन हुने कार्यक्रम रहेकाे छ । त्यसाे त साेही दिन उक्त कार्यक्रममा जापानमा सक्रियरुपमा पत्रकारितामा संलग्न एकजना पत्रकारलाई ‘रङ्गिन पत्रकारिता पुरष्कार’ द्वारा पुरस्कृत गरिने कार्यक्रम पनि रहेकाे अायाेजकले बतायाे । उक्त पुरस्कारकाे राशी ५० हजार जापानी येन रहेकाे छ ।
जापानका अन्य शहरहरु फुकुअाेका, नागाेया र गुन्मा केनमा समेत अामन्त्रित कलाकारहरुकाे उपस्थितिमा कार्यक्रम गर्ने तय भैरहेकाे छ ।
त्यसैगरी जापान भ्रमणकाे अवसर पारेर निर्देशक स्मृति तिमिल्सिनाले जापानमा रहेका कलाकारहरुसँगकाे सहकार्यमा भिडियाे छायाँङ्कन पनि गर्ने कार्यक्रम रहेकाे छ ।***
तपाईको प्रतिक्रिया