Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

मेलाको राजकुमारी हिताची सहित ५० हजारद्वारा अवलोकन

टोकियो – आज टोकियोमा नेपाल लगायत २६ मुलुकका राजदूतावासहरुको सहभागिता रहेको एशियन च्यारिटी बजार मेला सम्पन्न भएको छ ।

एशियन प्यासिफिक लेडिज फ्रेण्डशिप सोसाइटी (ALFS) द्वारा बिगत ४१ वर्षदेखि लगातार हुँदै आएको सो मेलामा जापानी राजकुमारी हिताचीको पनि बिशेष उपस्थिति रहेको नेपाली राजदूतावासले जनाएको छ ।

मेलामा नेपाली दूतावासले नेपाली हस्तकलाका सामाग्री, पश्मिना, नेपाली चिया तथा नेपाली खानाको प्रबर्द्धन गर्ने उद्देश्यले २ वटा स्टल राखेको थियो । नेपाली स्टलमा आगन्तुकहरुको भिड लाग्नुका साथै जापानी राजकुमारी हिताचीले सिल्भरको लकेट खरिद गर्नुभएको थियो । उक्त बजार मेलामा दूतावासको तर्फबाट डोर प्राइजस्वरुप सिल्भरको करुवा प्रदान गरिएको थियो ।

मेलामा कार्यबाहक राजदूतकी धर्मपत्नी गंगा अर्यालको नेतृत्वमा दूतावास परिवारका तेजलक्ष्मी गिरी, कमला केसी लगायतका नेपाली महिलाहरुको पहल एवं सक्रियतामा नेपाली स्टल राखिएको हो ।

राजधानी टोकियोमा लामो समयदेखि बार्षिकरुपमा आयोजना हुँदैं आएको उक्त महत्वपूर्ण मेलामा नेपाली राजदूतावासको सहभागिताले जापानी बजारमा नेपाली भेषभूषा, नेपाली खाना लगायतका निर्यातयोग्य बस्तु तथा उत्पादनहरुको प्रबर्द्धनमा थप मदत पुग्ने अपेक्षा गरिएको छ ।

मेलाको ५० हजारभन्दा बढि जापानी तथा बिदेशीहरुले अवलोकन गरेका थिए ।***

तपाईको प्रतिक्रिया