Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं  – विराटनगर किंग्स धनगढी प्रिमिएर लिग (डिपिएल) क्रिकेटको फाइनलमा पुगेको छ । बुधबार भएको पहिलो प्लेअफमा रुपन्देही च्यालेन्जर्सलाई २९ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

विराटनगर किंग्स्ले दिएको १ सय २९ रनको लक्ष्य पछ्याएको रुपन्देही च्यालेन्जर्सले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा ९९ रन मात्रै बनाउन सक्यो । उसका लागि बिक्रम शोबले २३ तथा पुष्प थापाले २२ रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । विराटनगरका सुशील कँडेलले चार तथा सन्दिप लामिछानेले दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २८ रन बनायो । उसका लागि आशिफ शेखले ३४ तथा शरद भेषावकरले २४ रन बनाए । रुपन्देहीका शक्ति गौचनले ३ तथा दिपेश श्रेष्ठले २ विकेट लिए ।

रुपन्देही र विराटनगर प्रतियोगितामा पहिलो र दोस्रो स्थानमा रहेर प्लेअफमा पुगेका हुन् । पराजित भएको रुपन्देहीले अब एक पटक प्लेअफ खेल्न पाउने छ ।

तपाईको प्रतिक्रिया