Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

टोकियो – पर्यटकीय सुन्दर नगरी पोखरालाई आधारक्षेत्र बनाउँदै आएको चर्चित साँगीतिक ब्याण्ड कन्दराको बिशेष प्रस्तुती रहेको नयाँ वर्ष कार्यक्रममा आइतवार टोकियोका नेपालीहरुले छुट्टै साँगीतिक तिर्सना मेटाए ।
लोकपप क्षेत्रमा मनग्गे ख्याती कमाएको लामो समयपछि पुनरागमन भएको कन्दरा ब्याण्डको लाइभ प्रस्तुती कार्यक्रममा बिशेष रोचक बनेको थियो ।

कास्की पोखरा समाज जापानले कन्दराको साँगीतिक उभारलाई जापानका नेपालीहरुमाझ पस्कदैं यसपालीको नेपाली नयाँ वर्ष मनाउने मेसो मिलाएको हो ।

पोखरेली गायक बिनोद बानियाँको प्रस्तुतिसंगै सुरू भएको कन्दराको साँगीतिक मझेरी विवेक श्रेष्ठसम्म आईपुग्दा हल पुरै कन्दरामय भईसकेको थियो ।

कार्यक्रममा कन्दराको नयाँ एल्वम सहित भेडीगोठका अधिकांश गीतहरु प्रस्तुत गरिएको थियो । लामो समयको अन्तरालपछि कन्दराको नितान्त फरक स्वादको लाइभ प्रस्तुतीलाई जापानका दर्शकहरुले निकै मन पराए ।

समाजका अध्यक्ष शिवप्रसाद पौडेलले नेपालको साँगीतिक आकाशमा बिशिष्ट स्थान ओगट्न सफल पोखरेली गौरव कन्दरा ब्याण्डलाई जापानसम्म ल्याएर यहाँका नेपालीहरुसमक्ष साँगीतिक कोसेली बाँड्न पाएकोमा खुशी ब्यक्त गर्नुभयो ।

कन्दरा लाइभमा जापानका बिभिन्न संघसंस्थाका प्रतिनिधि, समाजसेवी, ब्यवसायी, बिद्यार्थी, मिडियाकर्मी लगायत सर्बसाधारणको उत्साहजनक उपस्थिति रहेको थियो ।
कार्यक्रममा समाजका महासचिव सुरेश लामिछाने र प्रवक्ता अमर गुरुङको सञ्चालन रहेको थियो ।***

तपाईको प्रतिक्रिया