Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौ- स्वदेशमा कमाइको हाइट बनाइसकेको ‘चपली हाइट’ लाई अन्तर्राष्ट्रिय वितरण अधिकारका लागि अमेरिकाको एउटा कम्पनीले करिब ५० लाख रुपैयाँमा किनेको छ । उक्त फिल्मका निर्माता अर्जुन कुमारले बिहीबार न्युयोर्कस्थित कम्पनी मुनलाइट्स रेकर्डस् कर्पोरेसनलाई ६० हजार अमेरिकी डलरमा बेचेका हुन् ।
‘मान्छे घरमै आएर पैसा दिइरहेका छन्, अचम्म लागिरहेको छ,’ अर्जुन कुमारले भने, ‘नेपाली फिल्मको बजारै छैन भनिरहेको बेला भएको सम्झौताले उत्साह थपेको छ ।’ उनले आउँदो आइतबारसम्म २५ हजार डलर दिएपछि बाँकी रकम चार महिनाभित्र पूरा गर्ने गरी सम्झौता भएको खुलाए ।
 फिल्म खरिदका लागि नेपाल आएका मुनलाइट्सका अध्यक्ष चन्द्रप्रकाश शर्मा स्वदेशमा अत्यधिक सिनेप्रेमीले हेरेको फिल्मले विदेशमा पनि दर्शक तान्नेमा ढुक्क देखिए । हुन त व्यवसायीले फाइदा होस् भनेरै कारोबार गर्छन् तर यसबाट नेपाली फिल्मको बजार विस्तारमा पनि उत्तिकै योगदान पुग्ने ठानेको छु,’ शर्माले भने । उनले  फिल्मबाट लगानी उठाउनेमा आफू ढुक्क रहेको बताए । ‘अहिले नै अमेरिकाकै ७/८ स्टेसनमा शो फिक्स भइसकेको छ,’ उनले थपे, ‘२२/२३ हजार डलर त उठ्ने अहिल्यै पक्का भइसकेको छ ।’ दक्षिण एसियाली मुलुक बंगलादेश, भारत र नेपालका कलारसंस्कृतिलाई चिनाउने कन्सर्टदेखि नेपाली सफ्टवेयरको अमेरिकामा बसेर मार्केटिङ गरिरहेको मुनलाइट्सले नेपाली फिल्म वितरणमा भने पहिलो पटक हात हालेको हो ।
 गत चैत ३ देखि प्रदर्शनमा आएको चपली हाइटले स्वदेशभित्र मात्रै २ करोड ३० लाख रुपैयाँ व्यापार गरिसकेको निर्माण पक्षले जनाएको छ । यो फिल्म १५ लाख जतिमा बनाइएको हो । यो सेक्स थ्रिलरमा विनीता बराल, आमिर गौतम र राज घिमिरेको मुख्य भूमिका छ । यी तीन पात्रलाई मात्रै आधार बनाएर बन्द कोठाभित्रको दृश्यमा अघि बढाइएको फिल्मले नौलो प्रयोगका रूपमा प्रशंसा कमाइरहेको छ । दीपेन्द्र के खनाल निर्देशित उक्त फिल्म स्वदेशी हलहरूमा अझै प्रदर्शन भइरहेको छ । बिहीबारै बुटवलमा प्रदर्शन सुरु भएको छ ।
 मुनलाइट्सका शर्माले ‘चपली हाइट’ अमेरिका सहित युरोप र एसियाली मुलुकमा प्रदर्शन गरिने बताए । अष्ट्रेलियाको सिड्नीमा अप्रिल २९ मा दुईदिने प्रदर्शन सुरु गरी ६ महिनाभित्र अन्य मुलुकमा देखाइसक्ने उनको लक्ष्य रहेछ ।
 ‘चपली हाइट’ ले भारतको स्टार गोल्ड टेलिभिजन च्यानलमा प्रसारणका लागि यसै साता भारतकै एउटा वितरकसँग १२ लाख भारुमा सम्झौता गरिसकेका छन् । ‘टेलिभिजनको अधिकार बाहेक भारतमा प्रदर्शन गर्ने अधिकार भने अब हाम्रै हुनेछ,’ शर्माले नेपालीभाषीको बाहुल्य रहेको भारतका उत्तरपूर्वी राज्यहरूमा पनि प्रदर्शन गरिने उल्लेख गर्दै भने, ‘यसको बजार नेपालमा अन्तर्राष्ट्रिय उडान भर्ने एयरलाइन्समा पनि खोज्नेछौं ।’ –
तपाईको प्रतिक्रिया